मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बारा १ मा एमालेका मैनालीको फराकिलो अग्रता



६ मंसिर , काठमान्डौँ । बारा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार अच्युत प्रसाद मैनालीले अग्रता लिएका छन् । हाल सम्म भएको मतगणना एमाले उम्मेदवार मैनालीले ११ हजार २८४ मत पाएका हुन् । 

यस्तै सत्ता गठबन्धनका उम्मेदवार उमाकान्त चौधरीले ८ हजार ३५७ मत प्राप्त गरेका छन् । २०७४ को निर्वाचनमा मैनालीलाई पराजित गरेका चौधरी यसपटकको निर्वाचनमा मैनाली भन्दा करिब ३ हजार मतले पछि परेका छन् । 

बहालवाला खानेपानीमन्त्री समेत रहेका चौधरी चौथो पटक सो क्षेत्रमा निर्वाचन भाग लिएका हुन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  १२ : १५ बजे