मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रुपन्देही ३ मा गृहमन्त्री खाणलाई पछि पार्दै दीपक बोहोरा अगाडि




६ मंसिर, काठमाडौं । रुपन्देही– ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार दीपक बोहोराले कांग्रेस उम्मेदवार बालकृष्ण खाणलाई उछिनेका छन्।

१० हजार ६४० मतगणना हुँदा बोहराले ४ हजार १७० मत ल्याएका छन् भने कांग्रेस उम्मेदवार तथा गृहमन्त्री खाँणले ३९१९ मत ल्याएका छन्।

बोहोरालाई नेकपा एमालेले समर्थन गरेको छ भने खाँणको साथमा माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपा, जनमोर्चा र राष्ट्रिय जनमुक्तिको समर्थन छ ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  १२ : २१ बजे