मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमालेका सचिव भट्टलाई ज्यान मार्ने धम्की, दुई जना पक्राउ



६ मंसिर, काठमान्डौँ । नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टलाई ज्यान मार्ने धम्की दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बिहान कैलालीको गोदावरी नगरपालिका-१ अत्तरियास्थित भट्टको निवासमा पुगेर दुई जनाले ज्यान मार्ने धम्की दिएका हुन् । इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन्द्र पाण्डेयले सचिव भट्टको घरमा प्रवेश गरेर ज्यान मार्ने धम्की दिने दुई जनालाई पक्राउ गरिएको जानकारी दिए ।

उनकाअनुसार धनगढी उपमहानगरपालिका-१४ का शेरबहादुर लामा र गोदावरी नगरपालिका-२ बस्ने दीपेन्द्र विकलाई पक्राउ गरिएको हो । दुवैलाई इलाका प्रहरी कार्यालय मालाखेतीको नियन्त्रणमा राखिएको छ ।

उनीहरू घरमा प्रवेश गरेका बेला भट्ट धनगढीमा बिरामी भेट्न गएको स्वकीय सचिव हितेश ओझाले बताए । घरमा सहयोगीका रूपमा कार्यरत मनोज धामी र उनकी श्रीमती माया धामीलाई तिमीहरू र तिम्रो मन्त्रीलाई मारिदिन्छु भनेर धम्की दिएको ओझाले बताए । ‘बिहान ८ बजेको समयमा म घरमा नभएको बेला घरमा आएर कहाँ छ रु मन्त्री त्यसलाई ठीक पार्छौं भन्दै धम्की दिएछन्,’ भट्टले भने, ‘म धनगढी रहेको अवस्थामा यस्तो घटना भएछ । मैले प्रहरी प्रशासनसँग सुरक्षा माग गरेको छु ।’

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  १२ : ५८ बजे