मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारी जग्गा व्यक्तिको नाममा गर्ने ८ जनाविरुद्ध मुद्दा



६ मंसिर , काठमान्डौँ । सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरी भ्रष्टाचार गरेको आरोपमा काठमाडौँको डिल्लीबजार मालपोत कार्यालयमा कार्यरत तत्कालीन उपसचिव परशुराम अधिकारीसहित ८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

नेपाल सरकारको नाममा बाटो कायम भएको काठमाडौँ महानगरपालिका–१६ को कित्ता नम्बर १३९९ को ९१।३१ वर्गमिटर जग्गा व्यक्तिको नाममा दर्ता गरेको उनीहरुमाथि उजुरी परेको थियो । आयोगले अनुसन्धानमा कानूनी व्यवस्था विपरीत नेपाल सरकारको स्वीकृति बिना नै भक्तरत्न तुलाधरको नाममा कायम गर्ने निर्णय गरी दर्ता गर्ने र निर्णय मिसिल लुकाउने भ्रष्टाचारजन्य कसुर गरेको पाइएको थियो । यस कार्यमा अधिकारीसहित तत्कालीन मालपोत अधिकृत सीताराम पोखरेल, नायब सुब्बा ताराप्रसाद जोशी, नायब सुब्बा प्रसाराम भुसाल, स्वर्गीय भक्तरत्न तुलाधर, शशी तुलाधर, रानु तुलाधर र दिव्य तुलाधर रहेको आयोगको ठहर छ ।

सो कसुरमा स‌ंलग्न कर्मचारीहरु र सरोकारवाला व्यक्तिहरुलाई अधिकतम जनही २१ लाख ३० हजार रुपैयाँ बिगो र जेल सजायको मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान ऐन, २०४८ को दफा १८ र दफा ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  १ : ४५ बजे