मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पर्सा-३ मा कांग्रेसका सुरेन्द्र चौधरीलाई अग्रता



६ मंसिर, काठमान्डौँ। पर्सा-३ मा नेपाली कांग्रेसका सुरेन्द्र चौधरीले झिनो अग्रता लिइरहेका छन् ।

मंगलबार दिउँसोसम्म १० हजार ३२ मत गणना हुँदा चौधरीले ४ हजार १९ मत पाएका छन् भने नेकपा एमालेका राजकुमार गुप्ताले ३ हजार ९९२ मत पाएका छन् ।

त्यस्तै नेपाल सुशासन पार्टीका राजकुमार यादवले १ हजार ३५२ मत पाएका छन् । ९० हजार ४३२ मतदाता रहेको यो क्षेत्रमा ६४ हजार ४४८ मत खसेको थियो ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  २ : १४ बजे