मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिन्धुपाल्चोक २ (क) माओवादीको अग्रता, एमाले दोस्रो



६ मंसिर,काठमान्डौँ । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ (क) मा बागमती प्रदेशका पूर्व समाजिक विकासमन्त्री युवाराज दुलालले अग्रता लिएका छन् ।

८ हजार ४ सय ५६ मतगणना हुँदा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका दुलालले ४ हजार ५ सय २९ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका अमान सिंह तामाङले २ हजार ८ सय ४४ मत ल्याएका छन् ।

तामाङ २०७४ मा माओवादी केन्द्रबाट चौतारा साँगाचोक गढी नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । दुई महिना अघि मात्रै माओवादी त्यागेर उनी एमाले प्रवेश गरेका थिए ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  २ : २४ बजे