मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बझाङमा ३ बजेदेखि मात्रै मतगणना हुने



६ मंसिर ,काठमान्डौँ । बझाङ निर्वाचन सम्पन्न भएको २ दिनसम्म पनि मतगणना सुरू हुने सकेको छैन । कतिपय क्षेत्रको मतगणना सम्पन्न भइसक्दा समेत बझाङमा गणना नै सुरू हुन सकेको छैन । सर्वदलीय बैठकले दिउँसो ३ बजेदेखि मतगणना सुरू गर्ने निर्णय गरेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला अदालतमा मत गणना सुरू गरिनेछ । दुर्गम क्षेत्रका मतपेटिका हेलिकप्टर मार्फत सदरमुकाम ल्याइएको छ । जसले गर्दा मतगणनामा ढिलाई भएको हो । 

मुख्य निर्वाचन अधिकृत नन्दकिशोर प्रसाद यादवले तीन बजेटबाट मत गणना सुरू गरिने बताए । सर्वदलीय बैठक बसेर तीन बजेबाट मत गणना गर्ने निर्णय गरेको उनको भनाई छ । प्रतिनिधिसभा सदस्य तर्फ १ निर्वाचन क्षेत्र रहेको बझाङमा ४ वटा मत गणना स्थलमार्फत मत गणना हुनेछ । 

त्यस्तै २ वटा प्रदेश निर्वाचन क्षेत्र रहेको प्रदेशसभा तर्फ पनि २र२ वटा मतगणनास्थल बनाएर मतगणना गरिने उनको भनाई छ । मतगणनाको लागि आवश्यक पर्ने कर्मचारी लगायत अन्य व्यवस्थापनको काम भइरहेको छ । सबैभन्दा विकट मानिने साइपाल गाउँपालिकाका मतपेटिका हेलिकप्टर मार्फत सदरमुकाम चैनपुर ल्याइएको थियो । मत गणना गर्न आवश्यकता अनुसार कर्मचारी बढाउन सकिने उनको भनाई छ ।  बझाङमा प्रतिनिधिसभा सदस्य निर्वाचन तर्फ ६३ हजार ४८९ मत खसेको थियो । प्रदेशसभा तर्फ प्रदेश ‘१’ का लागि ३२ हजार ८ सय ३३ मत खसेको थियो । भने ‘२’ मा ३० हजार ६५६ मत खसेको थियो ।
 

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  २ : ३२ बजे