मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चितवन–२ मा रवि लामिछानेको अग्रता सुरु




६ मंसिर, काठमाडौं । चितवन क्षेत्र नम्बर २ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेको अग्रता सुरु भएको छ ।

यसअघि दोस्रो स्थानमा रहेका उनले मतको अग्रता बढाउँदै पहिलो भएका हुन् । पछिल्लो अपडेट अनुसार लामिछानेले ४ हजार ०७ मत पाएका छन् । 

पहिलो स्थानमा रहेका एमालेका कृष्णभक्त पोखरेल दोश्रो स्थानमा झरेका छन् । उनले ३ हजार ८७९ मत पाएका छन् । त्यस्तै कांग्रेसका उमेश श्रेष्ठले ३ हजार ४१० मत पाएका छन् । 

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  २ : ५७ बजे