मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मोरङ-२ मा सुजाताले लिइन् अग्रता



६ मंसिर, काठमान्डौँ। मोरङ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसकी उम्मेदवार सुजाता कोइरालाले अग्रता लिएकी छन् । यसअघि एमाले उम्मेदवार ऋषिकेश पोखरेल निरन्तर अग्रता लिएका थिए ।

पछिल्लो मतपरिणाम अनुसार सत्ता गठबन्धनको समेत उम्मेदवार रहेकी कोइरालाले ४ हजार ३७० मतसहित अग्रता लिएकी हुन् ।

एमाले उम्मेदवार ऋषिकेश पोखरेलले ४ हजार ३१३ मतसहित उनलाई पछ्याइरहेका छन् । क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका ठगेन्द्रप्रसाद न्यौपानेले ४३० मत पाएका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ४ : २४ बजे