मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तोलामा ४ सय रूपैयाँले घट्यो सुनको मूल्य



७ मंसिर , काठमान्डौँ । बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा ४ सय रूपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला ९७ हजार २ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ४ सय रूपैयाँले घट्दै ९६ हजार ८ सयमा झरेको हो । 

यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा ४ सय रूपैयाँले नै घट्दै ९६ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यता चाँदीको मूल्य भने आज तोलामा ५ रूपैयाँले घट्दै एक हजार २७५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  १२ : १२ बजे