मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

झापा-३ बाट कांग्रेसका राजवंशी प्रदेशसभामा विजयी



७ मंसिर , काठमान्डौँ । झापा क्षेत्र नम्बर ३ को प्रदेशसभा १ मा नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशी निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आधिकारिक घोषणा गर्न भने बाँकी छ ।

राजवंशीले निवर्तमान प्रदेशसभा सदस्य तथा नेकपा एमालेका वसन्त बानियाँलाई एक हजार ६८ मतान्तरले पराजित गरेका हुन् । गठबन्धनका साझा उम्मेदवार बनेका राजवंशीले २० हजार ७५६ मत ल्याएका छन् भने राप्रपासँग चुनावी तालमेलबाट उम्मेदवार बनेका बानियाँले १९ हजार ७१८ मत प्राप्त गरेका छन् ।

२०७४ सालको निर्वाचनमा बानियाँले राजवंशीलाई हराएका थिए । शिक्षक पेसासँगै राजनीतिमा आएका राजवंशीको स्थायी घर कचनकवल गाउँपालिका(३ हो ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  २ : ०३ बजे