मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डोटी ‘ख’ बाट माओवादीका शिवसिंह ओली निर्वाचित



७ मंसिर , काठमान्डौँ । डोटी प्रदेश सभा ‘ख’बाट माओवादीका शिवसिंह ओली निर्वाचित भएका छन् । एमालेका टंकबहादुर बमलाई हराउँदै सत्ता गठबन्धनबाट माओवादीका ओली निर्वाचित भएका हुन् ।

ओलीले १४ हजार ४७ मत ल्याएर विजयी भए भने एमालेका बम १३ हजार १२८ मत ल्याएर पराजित भएका हुन् । 

प्रदेश सभा ‘क’ मा भने कांग्रेसका नरेन्द्रबहादुर सिंहलाई पछि पार्दै एमालेका चक्रबहादुर मल्लले अग्रता लिएका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  २ : १४ बजे