मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रतिनिधिसभातर्फ माओवादीको दोस्रो जित, रुकुम पूर्वबाट पूर्णबहादुर विजयी




७ मंसिर,काठमाडौं ।
नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा तर्फ दोस्रो जीत दर्ता गराएको छ । माओवादी केन्द्रबाट रुकुम पूर्वमा उम्मेदवार रहेका पूर्णबहादुर घर्ती मगरले जित हासिल गरेका हुन् । उनले १२ हजार २६२ मतका साथ विजय हासिल गर्दा एमालेका उम्मेदवार कैलाशकुमार मल्लले ५ हजार २११ मत प्राप्त गरे । 

यस्तै स्वतन्त्र उम्मेदवार चन्द्रराज झाँक्रीले ८९६ मत पाए । सोही जिल्लाको प्रदेशतर्फ १ मा स्वतन्त्र उम्मेदवार सुरुल पुन विजयी भए भने २ मा कांग्रेसका धनबहादुर केसी विजयी भए ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ३ : ०७ बजे