मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बागलुङबाट माओवादीका देवेन्द्र पौडेल निर्वाचित




७ मंसिर, काठमान्डौँ । बागलुङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदमा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल निर्वाचित भएका छन् । पौडेल २४ हजार ७७९ मतसहित निर्वाचित भएका हुन् । 

पौडेलका निकटतम प्रतिस्पर्धी एमालेकी मञ्जु शर्माले २० हजार १८० मत प्राप्त गरिन् । पौडेल र शर्माको मतान्तर ४ हजार ५९९ रहेको छ । सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीकी तीला खत्री २ हजार ३२५ मत प्राप्त गर्दै तेस्रो स्थान बनाउन सफल भइन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ४ : ५३ बजे