मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मकवानपुर १ मा दीपक सिंहले लिए अग्रता




८ मंसिर,काठमडौं। मकवानपुर क्षेत्र नम्बर १ मा सुरुदेखि तेश्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक सिंहले अग्रता लिएका छन् । उनले १८ मतको अग्रता बनाएका हुन् ।

पछिल्लो विवरण अनुसार उनले २३ हजार ३५८ मत पाएका छन् । सुरुदेखि नै अग्रता लिएकी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले २३ हजार ३४० मत पाएकी छिन् ।

नेकपा एमालेको चुनाव चिह्न सूर्यबाट उठेका राप्रपा नेपालका कमल थापाले भने २२ हजार ६५८ मत पाएका छन् । अब मकवानपुर उपमहानगरपालिकाको वडा नम्बर ९ र १० को मत गन्न बाँकी छ ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ११ : ५३ बजे