मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चितवन ३ मा बिक्रम पाण्डेलाई ८६३२ मतको अग्रता



८ मंसिर,काठमान्डौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छाडेको चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष विक्रम पाण्डेले अग्रता बढाएका छन् ।

पाण्डेले सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादीका डा। भोजराज अधिकारीलाई ८ हजार ६३२ मतले पछाडि पारेका हुन् । पाण्डेले १९ हजार ९२७ मत ल्याउँदा अधिकारीले ११ हजार २९५ मत ल्याएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बरालले ९ हजार ३१७ मत पाउँदा नेपाली कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालाले ६ हजार ११७ मत ल्याएका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  १२ : १७ बजे