मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिरहामा एमालेका मनोज सिंह प्रदेश सभा सदस्यमा विजयी



८ मंसिर , काठमान्डौँ । नेकपा एमालेले प्रदेश सभा सदस्यमा सिरहामा पहिलो जित हात पारेको छ । सिरहाको क्षेत्र नम्बर ३ को १ बाट प्रदेश सभा सदस्यमा नेकपा एमालेका मनोज कुमार सिंह २ हजार ९८७ मतान्तरले विजयी भएका छन् ।

प्रदेश सभा सदस्यमा निर्वाचित सिंहले १५ हजार ८८६ मत पाएका छन् भने उनको निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका राम सगुन यादवले १२ हजार ८९९ मत पाएका छन् ।

जनमत पार्टीका दुष्यन्त कुमार कर्णले ४ हजार ७९३ मत पाएका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  १२ : ५५ बजे