मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रुपन्देहीबाट प्रदेशसभामा राप्रपाका चौधरी विजयी



९ मंसिर, बुटवल । रुपन्देही प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रदेशसभा (१) मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का आशिषकुमार चौधरी निर्वाचित भएका छन् ।

उनले सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका विश्वनाथ यादवलाई ३ हजार १ सय ३४ मतान्तरले पराजित गरेका हुन् । चौधरीलाई एमाले र जसपाले समर्थन गरेको थियो ।

चौधरीले १७ हजार ७ सय ८५ मत ल्याएर विजयी हुँदा यादवले १४ हजार ६ सय ५१ मत ल्याए । नागरिक उन्मुक्ति पार्टीका सरोजसिंह चौधरीले ६ हजार १ सय ४३ मत प्राप्त गरे ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ११ : ४२ बजे