मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिरहा-४ बाट जसपाका बिरेन्द्र महतो निर्वाचित



९ मंसिर, काठमान्डौँ । सिरहा-४ बाट जनता समाजवादी पार्टीका उम्‍मेदवार बिरेन्द्र प्रसाद महतो प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका वीरेन्द्र प्रसाद साहलाई ७ हजार ८०८ मतान्तरले हराउँदै महतो निर्वाचित भएका हुन् ।जसपाका महतोले २४ हजार १०२ मत पाउँदा जनमत पार्टीका साहले १६ हजार २९४ मत ल्‍याए ।

यस्तै एकीकृत समाजवादी पार्टीका धर्मनाथ प्रसाद साहले १४ हजार ६५३ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका १ हजार ६८३ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका नगीना कुमारी झाले १ हजार ७३ मत ल्याइन् ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ११ : ४९ बजे