मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सङ्खुवासभा ९१० मा माओवादीका कार्की ३४ मतान्तरले निर्वाचित



९ मंसिर , काठमान्डौँ । सङ्खुवासभाबाट प्रदेशसभा (१) मा नेकपा ९माओवादी केन्द्र०का राजेन्द्र कार्की (नवीन) निर्वाचित भएका छन् ।

उनी १३ हजार चार सय ३३ मत ल्याएर निर्वाचित भएको साहयक निर्वाचन अधिकृत डा इन्द्र सापकोटाले जानकारी दिए । कार्की ३४ मतान्तरले विजयी भए । 

त्यस्तै नेकपा एमालेका भविश्वर गुरुङले १३ हजार तीन सय ९९ मत ल्याए । पाँच गाउँपालिका र एक नगरपालिका रहेको प्रदेशसभा (१) मा ३१ हजार पाँच सय चार मत खसेको थियो प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ दुई क्षेत्र रहेका छन् । सङ्खुवासभाको प्रतिनिधिसभा र प्रदेशसभा (२) को मतगणना जारी छ । 

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  १२ : ०६ बजे