मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कैलाली–५ बाट प्रदेश सभा सदस्यमा माओवादीका रमेश निर्वाचित



९ मंसिर, काठमान्डौँ । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को प्रदेश सभा (१) मा नेकपा माओवादी केन्द्रका रमेश धामी विजयी भएका छन् ।

नेकपा एमालेका नेपालु चौधरीलाई १२५ मतान्तरले पराजित गर्दै धामी प्रदेशसभा सदस्यमा विजयी भएका हुन् । धामीले ९ हजार ३८७ मत प्राप्त गरे भने एमालेका चौधरीले ९ हजार २६२ मत पाएका छन् । नागरिक उन्मुक्ति पार्टीका श्रीमराम चौधरीले ७ हजार ८६४ र राष्ट्रिय प्रजातन्त्र पार्टीका पुष्करदत्त भट्टले ४ हजार ७६७ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा सदस्यमा विजयी भएका धामी २०७४ को निर्वाचनमा भने कैलाली-५ को प्रदेशसभा (२) बाट पराजित भएका थिए ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  १२ : ३१ बजे