मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिरहाबाट लोसपाका रामबाबु यादव प्रदेशसभामा निर्वाचित



९ मंसिर ,काठमान्डौँ । सिरहा क्षेत्र नम्बर ४ को प्रदेशसभा २ बाट लोकतान्त्रिक समाजवादी पार्टीका रामबाबु यादव निर्वाचित भएका छन् ।

यादव ३६५ मतान्तरले जनता समाजवादी पार्टीका उम्मेदवार सुरेशकुमार मण्डललाई पराजित गर्दै विजयी भएका हुन् । यादवले ९ हजार ७६३ मत ल्याउँदा मण्डलले ९ हजार ३९८ मत प्राप्त गरे । मण्डल पूर्वराज्यमन्त्री समेत हुन् ।

जनमत पार्टीका सुरेशकुमार यादव ८ हजार ४५४ मत पाउँदै तेस्रो स्थानमा रहे ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  १२ : ३३ बजे