मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अस्ट्रेलियामा महिलाको हत्या गरेको आरोपमा भारतबाट एक पुरुष पक्राउ, ५५ करोड थियो इनाम



काठमान्डौँ । चार वर्षअघि अस्ट्रेलियामा एक महिलाको हत्या गरेको आरोपमा भारतमा एक व्यक्ति पक्राउ परेका छन् । ती व्यक्तिको नाम राजविंदर सिंह हो । २४ वर्षीय टोया कोर्डिङ्लेको शव अक्टोबर २०१८ मा फेला परेको थियो । यसलाई निकै क्रूर हमला भनिएको थियो । यस महिनाको सुरुमा क्वीन्सल्याण्ड सरकारले आरोपीको जानकारी दिनेलाई ५५ करोड भारतीय रुपैयाँ पुरस्कार तोकेको थियो ।

क्वीन्सल्याण्ड प्रहरीले आरोपितलाई भारतीय अधिकारीहरूले शुक्रबार दिल्लीबाट पक्राउ गरेको बताएको छ । उनको अष्ट्रेलिया सुपुर्दगीका लागि छिट्टै सुनुवाइ हुनेछ । अष्ट्रेलिया ल्याएपछि आरोपितमाथि फौजदारी मुद्दा चलाइनेछ । क्वीन्सल्याण्डका प्रहरी आयुक्त क्याट्रिना क्यालोरले भनिन्, ‘म पक्का छु कि हाम्रो मुद्दा अदालतमा लैजान निकै बलियो छ ।’ राजविंदर सिंह नर्सको रूपमा काम गर्थे । तर, टोयाको शव भेटिएपछि उनी आफ्नो जागिर, श्रीमती र तीन छोराछोरी छोडेर भागेका थिए । उनको तस्बिर सिड्नी अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको थियो ।

टोया कोर्डिंग्ले २१ अक्टोबर २०१८ मा वानजेटी बीचमा आफ्नो कुकुरलाई घुमाउनका लागि गएकी थिइन् । तर उनी त्यहाँबाट फर्किइनन् । त्यसको भोलिपल्ट महिलाका पिताले उनको आधा जलेको शव भेटे । मूलतः पञ्जाबको बटर कलानका बासिन्दा राखविन्दर सिंह हत्याका बेला इनिसफेलमा बस्दै आएका थिए ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  १ : २२ बजे