मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्याङ्जाबाट प्रदेशसभामा एमालेका सुधिर कुमार पौडेल निर्वाचित



९ मंसिर, काठमान्डौँ। स्याङ्जाको-१ को प्रदेशसभा (२) बाट नेकपा एमालेका सुधिर कुमार पौडेल निर्वाचित भएका छन् । सत्ता गठबन्धनका तर्फबाट काँंग्रेसका उम्मेदवार बुद्धिबहादुर राना ‘कुमार’लाई पराजित गर्दै पौडेल निर्वाचित भएका हुन् । एमालेका उम्मेदवार पौडेलले १७ हजार ४४१ मत प्राप्त गर्दै ६ झिनो मतान्तरले निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ ।

रानाले १७ हजार ४ सय ३५ मत प्राप्त गरेका छन् । एमालेको किल्लाका रुपमा परिचित क्षेत्रमा पौडेलको विजयले एमालेमा थप उर्जा थपेको छ भने काँग्रेस निराश भएको छ ।

राना काँग्रेस र पौडेल एमाले स्याङ्जाको एकै समयका जिल्ला सचिव हुन् । सचिव पदमै रहँदा पौडेल आँधीखोला गाउँपालिका अध्यक्ष भए भने राना कार्यबहाक सभापति बन्न पुगे । बौद्धिक नेताको छवि बनाएका काँग्रेसका राना र एमालेभित्र कुशल संगठकको छवि निर्माण गरेका पौडेलबीचको चुनावी भिडन्त रोचक थियो । कडा प्रतिस्पर्धाबीच अन्त्यमा पौडेलले बाजी मारेका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  २ : ५१ बजे