मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भक्तपुरमा गाडी र मोटरसाइकल जुध्दा एक जनाको मृत्यु



११ मंसिर, काठमाडौं । भक्तपुरमा गाडी र मोटरसाइकल जुध्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक भक्तपुर नगरपालिका-१ का २८ वर्षीय सिजन फसिकवा रहेका छन् । उनको उपचारका क्रममा मध्यपुर थिमि अस्पतालमा मृत्यु भएको हो ।

शनिबार राति सवा ११ बजे मध्यपुर थिमि नगरपालिका-६ मा दुवाकोटबाट पुरानोथिमि आउँदै गरेको प्रदेश ३-०१-०२३ च ४२९३ गाडी र विपरीत दिशाबाट जाँदै गरेको बा१०प ९५०८ नम्बरको मोटरसाइकल जुधेका थिए । दुर्घटनामा मोटरसाइकलमा सवार भक्तपुर नगरपालिका-७ गोलमाडीका ३२ वर्षीय सुनिल ग्वाछा घाइते भएका छन् । उनको मध्यपुर थिमि अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

गाडीका चालक सिन्धुली घर भई भक्तपुर दुवाकोट बस्ने २७ वर्षीय दाताराम पहाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  १२ : ४० बजे