मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बारामा अटोको ठक्करबाट पैदलयात्रीको मृत्यु



११ मंसिर, काठमान्डौँ । बारामा भएको सवारी साधन दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बारा निजगढ नगरपालिका १ नमुना बस्ती बस्ने ४० वर्षीया सानुमाया घिसिङको मृत्यु भएको हो । शनिबार राति निजगढ नगरपालिका वडा नं ९ ठाडोलाइन सडकखण्डमा पैदल यात्री सानुमायालाई प्र.२-०३-००१ ह ४३३ न।को अटोले ठक्कर दिएको थियो ।

सवारी साधनको ठक्करले महिला घाइते भएको खबर पाए लगत्तै प्रहरी टोली पुगेर उनलाई पचारका लागि वीरगञ्ज पठाइएको थियो ।

घाइते सानुमायाको वीरगञ्जको न्युरो अस्पतालमा उपचारको क्रममा बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । अटो चालक निजगढ-८ बस्ने २५ वषर्ीय लोकबहादुर आले मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  १ : ५२ बजे