११ मंसिर ,काठमान्डौँ । सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आयोजनामा लैंगिक हिंसा विरूद्ध सचेतनामुलक र्यालीको आयोजना गरिएको छ ।
आइतबार माइतीघर मण्डलामा सो कार्यक्रमको आयोजना गरिएको हो । महिलामाथि हुने हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत सो कार्यक्रम आयोजना गरिएको महासंघले जनाएको छ ।
सो कार्यक्रम अन्तर्गत सचेतनामुलक पर्फमेन्स आर्ट आयोजना गरिएको छ भने कलाकारहरूले नाटक प्रदर्शन गरेका थिए। आभा फर क्रियटिभिटि समूहले ‘निर्दोष पंछि’ नामक नाटक प्रदर्शन गरेको हो ।
प्रतिक्रिया