मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्वाचित भएपछि डा. शर्माले सुरु गरे निस्शुल्क क्याविन सेवा



११ मंसिर, काठमान्डौँ । मोरङ-३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा. सुनिल शर्माले नोबेल मेडिकल कलेज विराटनगरमा ५० बेडको निस्शुल्क क्याविन सेवा सुरु गरेका छन् । शनिबार प्रतिनिधिसभा सदस्यको मतगणनाको नतिजा सार्वजनिक भएपछि उनले मोरङ-३ का सर्वसाधारणको निशुल्क उपचार गर्न ५० बेडको क्याबिन सेवा सुरु गरेका हुन् ।

चुनावी अभियानका क्रममा डा। शर्माले आफूले चुनाव जिते ५० बेडको निस्शुल्क क्याविन सञ्चालन गर्ने घोषणा गरेका थिए । सोही घोषणा अनुसार क्याबिन सेवा सुरु भएको नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले बताए । ‘ ५० बेडको क्याबिन सेवामा मोरङ ३ का बिरामीको निस् शुल्क उपचार हुनेछ,’ उनले भने,‘औषधि खर्च भने बिरामी आफैंले व्योहोर्नुपर्छ ।’

डा। शर्मा विराटनगरको नोबेल मेडिकल कलेज र काठमाडौँको काठमाडौं मेडिकल कलेजका सञ्चालक हुन् । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी एमाले उम्मेदवार भानुभक्त ढकालसँग पराजित भएका थिए । यो पटक भने शर्माले ढकाललाई भारी मतान्तरले पराजित गरे । शर्माले ४८ हजार ६३१ मत ल्याएर विजयी हुँदा ढकालले २५ हजार ८९५ मत ल्याएका थिए । राप्रपा उम्मेदवार रेखा थापाले १० हजार ९८८ मत पाइन् । मोरङ-३९१० मा कांग्रेसका मानबहादुर लिम्बु र मोरङ-३९२०मा एमालेका ज्ञानेन्द्र सुवेदी निर्वाचित भएका थिए ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ३ : ०१ बजे