मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खानाको बीचमा धेरै अन्तरले मृत्युको जोखिम बढ्ने



११ मंसिर , काठमान्डौँ । बढ्दो तौलले आजकाल धेरैलाई तनाव दिइरहेको हुन्छ । तौल नियन्त्रण गर्ने प्रयास स्वरुप मानिसले विभिन्न तरिका पनि अपनाउँछन् । यी तरिकामध्ये इन्टरमिटेन्ट फास्टिङ पनि एक हो । यो फास्टिङ विभिन्न आजकाल धेरैबीच लोकप्रिय छ । यो तरिका धेरैले अपनाउने गर्छन् पनि । यसमा खानाको बीचमा धेरै समयको ग्याप राख्ने गरिन्छ । तर यो तरिका कतिका लागि भने घातक हुनसक्ने चेतावनी दिइएको छ । त्यसैले त स्वास्थ्य विज्ञले इन्टरमिटेन्ट फास्टिङ गर्दा डाइटिसियन वा स्वास्थ्यकर्मीको सल्लाह लिन सुझाव दिन्छन् ।

अमेरिकी अनुसन्धानकर्ताहरूले दिनमा ३ पटक खाना खानुको सट्टा एकैपटक धेरै खाना खाँदा मृत्युको जोखिम ३० प्रतिशतले बढ्ने बताएका छन् । यस अनुसन्धानमा ४० वर्षभन्दा माथिका करिब २४ हजार व्यक्तिलाई समावेश गरिएको थियो । १५ वर्षसम्म उनीहरुमाथि सर्वेक्षण गरिएको थियो । यो अनुसन्धान जर्नल अफ न्यूट्रिशन एन्ड डायबिटिजमा प्रकाशित भएको छ ।

युनिभर्सिटी अफ टेनेसीका शोधकर्ताहरूले यस्ता व्यक्तिहरूमा हृदय रोगको जोखिम पनि ८३ प्रतिशत बढेको पत्ता लगाएका छन् । बिहानको नास्ता नखाने मानिसमा ब्रेकफास्ट खानेहरूको तुलनामा मुटु रोगबाट मृत्यु हुने जोखिम ४० प्रतिशत बढेको थियो । जो व्यक्ति बिहानको वा बेलुकाको खाना खाँदैनथे, उनीहरुको मृत्यु हुने सम्भावना १२ देखि १६ प्रतिशत बढी थियो ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ४ : ०५ बजे