११ मंसिर, काठमान्डौँ । मधेस प्रदेश सरकारले सोमबार सार्वजनिक विदा दिएको छ । विवाह पञ्चमी महोत्सवको अवसरमा मधेस प्रदेश सरकारले सोमबार सार्वजनिक विदा दिएको हो ।
मुख्यमन्त्री लालबाबु राउतले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सोमबार सार्वजनिक विदा दिईएको जानकारी दिएका छन् ।
त्रेता युगमा सीता र श्रीरामको विवाह भएको स्मरणमा मिथिला क्षेत्रमा साताव्यापी विवाह पञ्चमी महोत्सव मनाउने गरिन्छ ।विवाह पञ्चमीमा भारतको अयोध्याबाट हरेक वर्ष जन्ती समेत आउने गरेका छन् ।
प्रतिक्रिया