मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नारायणी अस्पतालमा स्थापित ओसीएमसीले ३९५ जनालाई दियो सेवा



१२ मंसिर, काठमान्डौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा स्थापना गरिएको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी)ले स्थापनायता ३९५ जनालाई सेवा प्रदान गरेको छ । ०७८ पुसमा स्थापना भएको केन्द्रले विभिन्न लैंगिक हिंसामा परेका ३९५ जनालाई सेवा प्रदान गरेको हो ।

जर्बजस्ती करणीमा परेका ९७ वटा, शारीरिक हिंसामा परेका २७९ जना, मानसिक दुर्व्यवहारमा परेका ११ जना, अधिकार स्रोतबाट वञ्चित ४ जना, बहुविवाह र रुढीवादी परम्पराका कारण पीडित भएका ४ जनालाई सेवा दिइएको केन्द्रकी इन्चार्ज अहेमा थापाले जानकारी दिइन् ।

सेवा लिनेमध्ये ३५ जना पुरुष छन् भने बाँकी सबै महिला रहेको उनको भनाइ छ । त्यस्तै केन्द्रले १९६ जनालाई मनोसामाजिक परामर्श समेत दिएको उनले बताइन् ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  १२ : १७ बजे