मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वकप प्रिभ्यु स् क्यामरुन र सर्बिया पहिलो जितको खोजीमा



१२ मंसिर, काठमाडौं । कतारमा भइरहेको फिफा विश्वकप अन्तर्गत सोमबार दिउँसो अल जानोबल स्टेडियमा प्रतिस्पर्धाका लागि उत्रँदा क्यामरुन र सर्बिया पहिलो जितको खोजीमा हुनेछ । समूह जी मा रहेका क्यामरुन र सर्बियाबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ । पहिलो खेलमा क्यामरुन स्विट्जरल्याण्डसँग १-० ले पराजित भएको थियो भने सर्बिया ब्राजिलसँग २-० ले पराजित भएको थियो । त्यसैले नकआउट चरणमा पुग्ने सम्भावना कायम राख्न पनि दुवै टोली जित निकाल्ने योजनामा छन् । यस खेलमा पराजित हुने टोली समूह चरणबाटै बाहिरिने खतरामा पुग्नेछ । अर्को खेलमा ब्राजिलर स्विट्जरल्याण्डले बराबरी खेलेमा क्यामरुन र सर्बिया मध्ये पराजित हुने टोली समूह चरणबाटै बाहिरिनेछ छ । हामी कठिन अवस्थामा छौँ । स्वीट्जरल्याण्डसँग पहिलो खेलमा १-० को हारलाई इंगित गर्दै क्यामरुनका प्रशिक्षक रिगोबर्ट सोङले भने, ‘यो निर्णायक खेल हो र हामी तयार छौँ ।’ क्यामरुन एरिक म्याक्सिम चोपो मोटिङ र कार्ल टोको एकाम्बी र ब्रायन एमबेउमो सम्मिलित थ्री म्यान अट्याकमा खेल्ने सम्भावना छ ।

टोको एकाम्बीले गत वर्षको अफ्रिकन अफ अफ नेसन्समा क्यामरुन सेमिफाइनल पुग्दा ५ गोल गरेका थिए । ३३ वर्षी चोपो मोटिङले रोबर्ट लेवान्डोस्कीले बायर्न म्युनिख छाडेपछि आफ्नो सही समय बिताइरहेका छन् । उनले बायर्नका लागि १६ खेलमा ११ गोल गरेका छन् । अल जानो स्टेडियममा उनी आफ्नो २०औं अन्तर्राष्ट्रिय गोल गर्नेमा प्रशिक्षक सोङ आशावादी छन् । उता सर्बियका लागि स्ट्राइर डुसान भ्लाहोभिचले अलेक्जान्डर मिट्रोभिचसँग पहिलो रोजाईँमा सुरु गर्ने सम्भावना छ । डुसान पहिलो खेलमा वैक्लपिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए । मिट्रोभिचले सर्बियाका लागि ५० खेल खेलिसकेका छन् र लिस्वनमा पोर्चुगल विरुद्ध अन्तिम समयमा हेड गोल गर्दै उनले सर्बियालाई कतारका लागि छनोट गराएका थिए भने पोर्चुगललाई प्लेअफमा धकेलेका थिए । ब्राजिल विरुद्ध २-० को हारमा उनले पहिलो रोजाईँमा खेलेका थिए । तर उनी दोस्रो हाफमा मैदान प्रवेश गरेका भ्लाहोभिच जस्तै उदास देखिन्थे । ‘मिट्रोभिच वा भ्लाहोभिचले सँगै सुरुआत गर्नेछन् । हामी हेर्नेछौँ ‘ स्टोकोभिचले दोभाषेमार्फत भने । ‘तर मलाई थाहा छ को बेन्चमा बस्छ भनेर, जुन कुरा ब्राजिलविरुद्ध मामला थिएन । मलाई केही थाहा थिएन ।’

यो किनभने ८ खेलाडी पूर्ण फिट नहुँदै उनीहरु टिमसँग कतार पुगेका थिए । स्टोकोभिचले यसबारे खुलासा गरे । ‘त्यतिबेला मानिसहरूले मलाई सोधे कि म किन हाँसेको छैन । त्यही भएर हो, तर मैले केही भन्न सकिन नत्र सबैलाई थाहा हुने थियो,’ उनले भने । ‘पछिल्ला दुई दिनको तीव्रता प्रभावशाली थियो। यो एक सूचक हो कि हामी फेरि सेपमा छौं ।’स्टोकोभिच युभेन्ट्सबाट खेल्ने लेफ्ट विंगर फिलिप कोस्टिक फिट भएर कम्तीमा केही समय खेल्नेमा आशावादी छन् । ‘उनको अवस्थामा राम्रो छैन । तर म पहिले भएकको तुलनामा सन्तुष्ट छु ।’ स्टोकोभिचले भने । ‘उनले पछिल्लो दुई सेसन हामीसँग प्रशिक्षण राम्रो गरिरहेका छन् ।’ यदि उनी खेलेमा अगाडिका तीन खेलाडीलाई लाजियोका मिडफिल्डर सर्जेइ मिलिन्कोभिच साभिचले सपोर्ट गर्नेछन् ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  १२ : ३२ बजे