मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माछापोखरीको गेष्ट हाउसमा पुरुष मृत फेला



१२ मंसिर ,काठमान्डौँ । काठमाडौंको माछापोखरी स्थित एक गेष्ट हाउसमा पुरुष मृत भेटिएका छन् । काठमाडौं महानगरपालिका–१६ माछापोखरीमा रहेको पाल्पा तिनाउ फुलबारी गेष्ट हाउसको १०५ नम्बर कोठामा पाल्पा बर्तुङ्ग घर भएका कुमार चन्द्र कोइराला मृत फेला परेका हुन् ।

मंसिर १० बाट सो गेष्ट हाउसमा बसेका ६० वर्षीय कोइराला मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

सुतिरहेको अवस्थामा मृत भेटिएका कोइरालाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । घटनाबारे प्रहरी वृत बालाजुले अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  १२ : ४१ बजे