मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रि–ओपन सेसनमा नेप्से परिसूचक २.९५ अंकले बढ्यो



१२ मंसिर ,काठमान्डौँ । साताको दोस्रो कारोबार हुने दिन सोमबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक २.९५ अंक बढेको छ। आइतबार ३२.४३ अंक बढेर १९६५.९८ बिन्दुमा बन्द भएको थियो ।

आजको प्रि ओपन सेसनमा २.९५ अंक बढेर १९६८.९३ बिन्दुमा पुगेको छ ।

सेन्सेटिभ इण्डेक्स भने ०.६४ अंक बढेको छ। सोमबार प्रि ओपन सेसनमा १६ स्टकको १४ लाख ६१ हजार ४४८ रूपैयाँ ७९ पैसा बराबरको ३ हजार २४० कित्ता शेयर खरिद बिक्री भएको छ। जसमध्ये ११ स्टकको मूल्य बढेको छ भने ४ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर छ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  १ : ०७ बजे