मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पत्नीलाई कुटेर हत्या गरेको आरोपमा श्रीमान् पक्राउ



१२ मंसिर ,काठमान्डौँ । कुटेर पत्नीको हत्या गरेको आरोपमा प्रहरीले बर्दियाबाट एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुलरिया नगरपालिका–१ घर भएका २७ वर्षीय बोधराज बस्नेत छन् ।

जिल्ला प्रहरी कार्यालय बर्दिबाट खटिएको टोलीले उनलाई आइतबार दिउँसो पक्राउ गरेको हो । उनीमाथि २६ वर्षीया पत्नी नानकला बस्नेतलाई कुटेर हत्या गरेको आरोप छ । 

 बोधराजले कुटेर गम्भीर घाइते भएकी नानकलाको उपचारको लागि बर्दिया अस्पताल गुलरियातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  २ : २१ बजे