मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जर्मनी र स्पेनको बराबरी



१२ मंसिर ,काठमान्डौँ । विश्वकप फुटबलको आफ्नो निर्णायक खेलमा जर्मनीले बराबरी खेलेको छ । आइतबार राति भएको खेलमा जर्मनीले स्पेनसँग १–१ गोलको बराबरी खेलेको हो ।

अल बायत रंगशालामा भएको खेलमा स्पेनले सुरुवाती अग्रता बनाएको थियो । स्पेनका लागि आल्भारो मोराटाले खेलको ६२औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

खेलको ८३औं मिनेटमा निल्कास फुल्करुगले गोल गर्दै जर्मनीलाई हारबाट जोगाए । आजको खेलमा बराबरी खेलेसँगै समूह ई को स्पेनले दुई खेलबाट ४ अंक जोडेको छ । यता जर्मनीले दुई खेलबाट १ अंक जोडेर अघिल्लो चरण प्रवेशको सम्भावनालाई जीवित राखेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  २ : ५५ बजे