मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विनोद चौधरीले बाँडे विपन्न ५ सय परिवारलाई न्यानो कपडा



१२ मंसिर, काठमान्डौँ । पश्चिम नवलपरासरी क्षेत्र नं.१ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले आफ्नो निर्वाचन क्षेत्रका विपन्न परिवारलाई कम्बल वितरण गरेका छन् ।

चौधरीले आउँदो जाडोलाई मध्यनजर गरि मुसहर बस्तीका विपन्न ५ सय परिवारलाई न्यानो कपडा वितरण गरेका हुन् ।

नवलपरासीको काठवा, प्रतापपुर, रतनगन्ज, सक्करदिनै, नर्सही, जगनाथपुरा, कुडिया, महलबारी, तेलाहा, धर्मौली लगायतका स्थानका विपन्न मुसहर समुदायमा न्यानो कपडा कम्बल वितरण गरेका हुन । कम्मल पाएपछि विपन्न परिवार खुसी छन् ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ४ : २७ बजे