मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थापाथलीको सुकुम्वासी बस्तीमा डोजर चलाउँदा तनाव



१२ मंसिर, काठमान्डौँ । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित सुकुम्वासी बस्तीमा डोजर चलाएपछि स्थानीयले अवरोध गरेका छन् । महानगरपालिकाले सोमबार बस्ती हटाउन डोजर लिएर गएपछि स्थानीयहरु विरोधमा उत्रेका हुन् ।

त्यसक्रममा उनीहरूले टायर बालेर प्रदर्शनसहित ढुंगामुढा गर्नुका साथै मेयर बालेन शाहविरुद्ध चर्को नाराबाजी गरेका छन् । 

उनीहरूले ‘बालेन शाह होस् गर, हाम्रो भोट फिर्ता गर । मरे चिहान बाँचे घर, एकता नै हाम्रो भर, गरिब मार्न पाइँदैन । गृहमन्त्री मुर्दावाद, काठमाडौं महानगरपालिका मुर्दावाद’जस्ता नारा लगाउँदै विरोध गरिरहेका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ४ : ३२ बजे