मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उदयपुर–१ मा मतगणना गर्न आयोगको निर्देशन



१२ मंसिर ,काठमान्डौँ । निर्वाचन आयोगले उदयपुर क्षेत्र नम्बर–१ मा स्थगित भएको मतगणना सुचारु गर्न निर्देशन दिएको छ । सोमबार आयोगले उदयपुरका मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई पत्र लेख्दै यसअघि मतगणना पूर्व भएको सहमती अनुसार मतगणना गर्न भनेको हो ।

‘सो सम्बन्धनमा मतगणना पूर्व जे जस्तो सहमति भएको हो सो सहमतिका आधारमा मतगणना कार्यलाई निरन्तरता दिन सम्बन्धित मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिने’, आयोगका उप–सचिव ऋषिराम अर्यालले जारी गरेको पत्रमा भनिएको छ । आयोगले दोहोरो मतदान भएकोमा मंसिर ४ गते को आयोगको पत्र बमोजिम मतगणनालाई निरन्तरता दिनसमेत भनेको छ । प्रतिनिधिसभाको मतगणनाका क्रममा प्रदेशसभाको मतपत्र भेटिएपछि विवाद हुँदा आइतबारबाट गणना रोकिएको थियो । 

उदयपुर क्षेत्र नं.१ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका डा।नारायण खड्का र नेकपा एमालेबाट मन्जुकुमारी चौधरी प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ४ : ३७ बजे