मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुकुम्वासी वस्तीमा झडप हुँदा नगर प्रहरी प्रमुख पाण्डे घाइते



१२ मंसिर ,काठमान्डौँ । महानगरपालिकाले थापाथलीस्थित सुकुम्वासी बस्तीका घर टहरा हटाउने क्रममा झडप भएको छ । महानगरका अधिकारीहरू डोजरसहित बस्तीमा पुगेपछि स्थानीयले प्रतिकार गरेका थिए ।

त्यस क्रममा झडप हुँदा महानगर प्रहरी बलका प्रमुख नगर उपरीक्षक राजु पाण्डेसहित घाइते भएका छन् ।

स्थानीयले ढुंगामुढा प्रहार गर्दा नगर उपरीक्षक पाण्डेसहित १४ जना प्रहरी घाइते भएका हुन् । घाइते प्रमुख पाण्डेको नर्भिक अस्पतालमा लगेर टाउकोमा ६ टाँका लगाइएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ४ : ४७ बजे