मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मापसे गरेर सुमो चलाएका चालकविरुद्ध अभद्र व्यवहार मुद्दा




१४ मंसिर, काठमाडौं ।
मादक पदार्थ सेवन गरेर सार्वजनिक सवारी (टाटा सुमो) चलाएका चालकविरुद्ध प्रहरीले मुद्दा चलाएको छ ।

फर्पिङबाट पक्राउ परेका ना.१ज ८४६९ नम्बरको सुमो चालक ४४ वर्षीय नवराज केसीविरुद्ध अभद्र व्यवहार मुद्दामा कारवाही गर्न प्रहरी वृतत्त कीर्तिपुरमा पठाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र भट्टले बताए ।

ट्राफिक प्रहरीले चेकजाँच गर्दा काभ्रेपलाञ्चोकको पनौती घर भएका केसीले मापसे गरेको फेला परेको थियो । जिल्ला प्रशासन कार्यालयबाट ५ दिनको म्याद लिएर आरोपीलाई कीर्तिपुर प्रहरीको हिरासतमा थुनामा राखिएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ११ : ५० बजे