मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौं नेपाल टी–ट्वान्टी लिगबाट बाहिरियो




१४ मंसिर, काठमाडौं । नेपालको एक मात्र फ्रेन्चाइजी लिग नेपाल टी–ट्वान्टी लिगबाट काठमाडौं गुर्खाज बाहिरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले काठमाडौं गोर्खाजले प्रतियोगिताको टिम तालिकाबाट नाम फिर्ता लिएको जनाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंसिर २६ देखि हुने भनिएको प्रतियोगिताको मुखैमा आएर काठमाडौंले नाम फिर्ता लिएको हो । काठमाडौंको ठाउँमा अन्य टोलीलाई छिटै ल्याउने तयारी भएको क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले बताए । 

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  १२ : १३ बजे