मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मकवानपुरमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु




१४ मंसिर, काठमाडौं । मकवानपुरको वकैयामा मोटरसाइकल दुर्घटना हुँदा आज एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक वकैया–५ श्रीपुर बस्ने २८ वर्षीय श्याम लामा रहेको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

गएराति धरान–चतरा सडक खण्डअन्तर्गत हात्ती सुडेबाट श्रीपुरतर्फ आउँदै गरेको प्रदेश २–०३–०१८ प २५५७ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भएर सडकको नालीमा खसेको थियो ।

दुर्घटनामा सख्त घाइते लामालाई उपचारका लागि हेटौँडास्थित चुरेहिल अस्पतालमा ल्याएको र उपचारका क्रममा आज उहाँको मृत्यु भएको बताइएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  १ : २२ बजे