मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्याङ्जा र बाजुरामा पुन: मतदान नहुने, मतगणना गर्न आयोगको निर्देशन




१४ मंसिर, काठमाडौं ।
निर्वाचन आयोगले स्याङ्जा र बाजुरामा पुन: मतदान नगर्ने निर्णय गरेको छ । बुधबार बसेको आयोगको बैठकले यसअघि भएको मतदानलाई नै मान्यता दिँदै ती जिल्लामा तत्काल मतगणना थाल्न निर्देशन दिइएको आयोगका सहसचिव यज्ञ भट्टराईले जानकारी दिए ।

यसअघि ती जिल्लामा मतदानका क्रममा धाँधली, बुथ कब्जा भएको भन्दै नेकपा एमालेले उजुरी दिएपछि मतगणना कार्य रोकिएको थियो ।

आयोगले सहसचिवको नेतृत्वमा ती क्षेत्रको वास्तविकता पत्ता लगाउनका लागि सहसचिवको नेतृत्वमा छानबिन टोलीसमेत पठाएको थियो ।
 

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  २ : ३३ बजे