मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेप्सेमा ३ अंकको गिरावट, कारोबार ८४ करोडमा झर्‍यो




१४ मंसिर, काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्सेमा ३ अंकमाथिको गिरावट आएको छ । अघिल्लो दिन २.९९ अंकले बढेर १९५३ विन्दुमा अडिएको नेप्सेमा आज पुन: ३.५१ अंकले गिरावट आउँदै १९४९.८५ अंकमा झरेको हो । 

उसो त ३ अंकमाथिले घटेको बजारमा आज कारोबार रकम समेत गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल ८४ करोड २६ लाख ९५ हजार रूपैयाँ बराबरको २३ लाख ५५ हजार ८४५ कित्ता सेयर किनबेच भएको छ । 

आज माइक्रोफाइनान्स र ट्रेडिङ बाहेकका अन्य ११ उपसूचक ऋणात्मक भएका छन् । माइक्रोफाइनान्स समूहको उपसूचक झिनो ०.०१ प्रतिशतले मात्र बढेको छ भने ट्रेडिङ समूहको उपसूचक पनि जम्मा ०.८८ प्रतिशतले मात्र बढेको छ । अन्य समूहको उपसूचक भने १ प्रतिशतले घटेका छन् । 

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ४ : २५ बजे