मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

११२ मतान्तरले सञ्चारमन्त्री कार्की विजयी




१५ मंसिर,काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । कार्कीले निकटतम् प्रतिस्पर्धी एमालेका जगदिश प्रसाद कुसियैतलाई ११२ मतको अन्तरले पराजित गरेका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयले दिएको अन्तिम मत परिणाम अनुसार मन्त्री कार्कीले ३० हजार ४८३ मत प्राप्त गर्दा कुसियैतले ३० हजार ३७१ मत प्राप्त गरेका छन् । नेपाल सरकारका प्रवक्तासमेत रहेका कर्कीले कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका छन् । 

कार्की २०७४ सालमा पनि सोही निर्वाचन क्षेत्रबाट विजयी बनेका थिए । नेपाल सरकारका अर्थमन्त्री समेत भइसकेका कार्की विद्यार्थी अवस्थादेखि नै राजनीतिमा सक्रिय थिए । उनी नेपाली काँग्रेसका केन्द्रीय सदस्य पनि हुन् ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहिबार  ११ : ५८ बजे