मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तोलामा ४० रूपैयाँले बढ्यो चाँदी, सुनको मूल्य कति ?




१५ मंसिर,काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीकै मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य तोलामा ५०० र चाँदीको मूल्य ४० रूपैयाँले बढेको जानकारी दिएको हो । यससँगै आज छापावाल सुनको मूल्य तोलामा ९८ हजार १०० र तेजाबी सुनको मूल्य तोलामा ९७ हजार ६०० रूपैयाँ छ ।

हिजो बुधबार छापावाल सुनको मूल्य ९७ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा ९७ हजार १०० रूपैयाँ थियो । हिजो बुधबार सुनको भाउ तोलामा २०० रूपैयाँले बढेको थियो ।

मंगलबार छापावाल सुन तोलामा ९७ हजार ४०० र तेजाबी सुन तोलामा ९६ हजार ९०० रूपैयाँ थियो । यस्तै, आज चाँदीको मूल्य एकैदिन ह्वात्तै बढेको छ । हिजो तोलामा १२ सय ९० रूपैयाँ रहेको चाँदीको मूल्य आज ४० रूपैयाँले बढेर १३ सय ३० रूपैयाँ पुगेको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहिबार  १२ : ०५ बजे