मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्रेडरले कुल्चिँदा बालिकाको मृत्यु, धनगढी तनावग्रस्त




१५ मंसिर,काठमाडौं ।
धनगढी ५ हसनपुरमा ग्रेडरले कुल्चिँदा एक बालिकाको मृत्यु भएपछि धनगढी बजार तनावग्रस्त बनेको छ । धनगढी उपमहानगरपालिका–५ स्थित हसनपुर–पिपल चौतारा सडकखण्डमा बिहीवार बिहान १०: २० बजे कालिका कन्ट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरले ठक्कर दिएर कुल्चिँदा १५ वर्षीया चेतना साउदको मृत्यु भएको प्रहरीले जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले पञ्चोदय माध्यमिक विद्यालय हसनपुरमा ८ कक्षामा अध्ययनरत बालिका साउदको घटनास्थलमै मृत्यु भएको जानकारी दिए ।बालिका साइकलमा विद्यालय जाँदै गर्दा सडकको लेवल मिलाउँदै गरेको अवस्थामा ब्याक गर्ने क्रममा ग्रेडरले ठक्कर दिएको थियो । ग्रेडर चालक चितवन भरतपुर महानगरपालिका २८ का २७ वर्षीय विमल कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मृतक साउद पञ्चोदय माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यानरत थिइन् । अहिले उनको शव घटनास्थममा नै रहेको छ भने स्थानीयहरुले सडकमा बिरोध गरिरहेका छन् । घटनास्थलमा आफन्त र स्थानीयहरुले बिरोध गर्दा सवारी आगामन ठप्प बनेको छ । घटनास्थलमा अहिले प्रहरीको टोली परिचालन गरिएको छ । 

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहिबार  ३ : १८ बजे