२१ , मंसिर , काठमान्डौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले मंसिर ४ को निर्वाचनमा धनुषा ३ मा भएको पराजयका बारेमा समीक्षा थालेको छ । समीक्षाका लागि लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो पनि जनकपुर पुगेका छन् । यसअघि धनुषा ३ बाट नेता महतोले चुनाव जितेका थिए । यसपटको चुनावमा महतोले सो क्षेत्र सोही पार्टीका कार्यकारिणी सदस्य अनिल कुमार झालाई छाडेर उनी सर्लाही २ बाट चुनाव लडेका थिए ।
तर धनुषा ३ मा नेता झा र सर्लाही–२ मा नेता महतो नै पराजित भए । नेता झालाई एमालेकी जुली महतोले पराजित गरेकी हुन् भने महतोलाई नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादवले पराजित गरेका छन् ।
धनुषा ३ महतोको पुरानो चुनावी क्षेत्र भएको कारणले उनलाई पनि बैठकमा बोलाइएको हो । सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका नेता झा कसरी पराजित भए भन्ने बारेमा समीक्षा भइरहेको बताइएको छ ।
प्रतिक्रिया