मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सर्वोच्चमा तनाव हुँदा राणा निवास सुनसान



 

२१ मंसिर , काठमान्डौँ । नयाँ निर्वाचन सम्पन्न भएर मत परिणाम आएसँगै निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाभियोग निष्प्रभावी भएको भन्दै संघीय संसदका महासचिव भरतराज पौडेलले दिएको क्लिन चिट विवादमा परेको छ ।

संसदको क्षेत्राधिकार मिचेर महासचिव पौडेलले राणालाई पत्र दिएको भन्दै चौतर्फी विरोध भइरहेको छ । विभिन्न राजनीतिक दलका नेता, कानुन व्यवसायी, पूर्व न्यायाधीश लगायतले गौतमले संविधानको व्यवस्था नै उल्लंघन गरेर अनाधिकृत रुपमा जबरालाई पत्र दिएको बताएका छन् ।

संसद सचिवालयले जबरालाई क्लिन चिट दिएपछि जबरा आजै सर्वोच्च जाने तयारीमा रहेका थिए । तर जबरालाई सर्वोच्च छिर्न नदिन कानुन व्यवसायीहरूले सर्वोच्चमा बुधबार धर्ना दिएभने प्रधानन्यायाधीश राणाको सरकारी निवास बालुवाटारमा अरू बेलाजस्तै सुनसान देखिन्थ्यो । सचिवालयको पत्रपछि सर्वोच्चमा भीडभाड भए पनि प्रधानन्यायाधीश निवासमा भने सुनसान देखिएको हो ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ४ : ५३ बजे